‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन ! « Khabarhub

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन् । यो क्याटेगोरीमा निलो फिल्मको उपस्थिति बलियो छ । निलो फिल्म अर्थात्, पोर्नोग्राफिक फिल्म ।

पोर्न कन्टेन्टमा १८ वर्षको उमेर सीमा स्पष्ट रुपमा देखाइएको हुन्छ । यसको प्रभाव स्वरुप ठूलो संख्याका दर्शकलाई ‘१८ प्लस’ कन्टेन्ट भनेको नै पोर्न भिडियो लाग्छ ।

१८ वर्षभन्दा कम उमेरकालाई पोर्न कन्टेन्टको दर्शकका रुपमा परिकल्पना गरिएको छैन । यसको प्रमुख कारण भनेको यस उमेर समूहका दर्शकमा यौन सम्बन्धी बुझाइ पूर्णरुपमा विकास भएको हुँदैन । पोर्न वास्तविक यौन सम्बन्धको सही चित्रण होइन । सोहीकारण उक्त समूहका दर्शकमा गलत बुझाइ नपरोस् भन्ने हो ।

यौन सहमति र सीमाबारे गलत बुझाइ पर्न सक्ने भएकाले कम उमेरका दर्शकलाई पोर्नबाट ढाढा राख्न जरुरी छ । यो उमेरमा उत्तेजना र आवेग नियन्त्रण काबु बाहिर जानसक्ने जोखिमलाई मध्यनजर गरी त्यस्ता कन्टेन्टमा प्रतिबन्ध लगाइएको हुन्छ ।

फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीहरूमा त्यहाँ समावेश दृश्य, शब्द र प्रभावका आधारमा वर्गीकरण गरी प्रदर्शन अनुमति पत्र दिइएको हुन्छ । नेपालमा सामान्तयाः ‘यू’, ‘पीजी’ र ‘ए’ सर्टिफिकेट पाउने नै फिल्म बन्ने गरेका छन् ।

यू सर्टिफिकेट पाउने फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । पीजी सर्टिफिकेट पाउने फिल्म १६ वर्ष कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नुपर्ने हुन्छ । ‘ए’ अर्थात एडल्ट सर्टिफिकेट पाउने फिल्म १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न पाउँदैनन् ।

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ले यही एडल्ट सर्टिफिकेट पाएको हो । भारतीय फिल्म ‘दृश्यम’सँग कथा मिलेकाले ‘मास्टर्नी’ले चोरीको आरोप खेप्दै आएको छ । त्यहीमाथि सर्टिफिकेटलाई लिएर ठूलो संख्याका दर्शकमा भ्रम पैदा भएको पाइएको छ ।

धेरैले सामाजिक सञ्जालमा ‘प्रियंकाको फिल्म अश्लील हो’ भन्ने बुझाइका साथ धारणा राखेका छन् । एडल्ट सर्टिफिकेटका कारण उनीहरूमा यो भ्रमले अझ बढी प्रभाव पारेको पाइन्छ ।

‘म्याथ सिक्ने’ प्रभाव

‘डट्री ट्रयाक’ भाइव दिने र श्रवण भ्रम गराउने नियतले बनाएको प्रचार गीत ‘म्याथ सिक्ने…’ले दर्शकलाई यो फिल्म नै अश्लील छ भन्ने महसुस गराएको पाइन्छ ।

श्रवण भ्रम गराउने शब्द र यौन उत्तेजना प्रेरित गर्ने बोल्ड स्टेपका कारण उक्त प्रमोसनल गीतले यो फिल्मलाई ब्याकफायर गरेको पाइन्छ ।

यही विवादले यो फिल्म बहिस्कारको शिकार समेत भएको थियो । त्यहीमाथि फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि दर्शक पूर्ण नकारात्मक भएको पाइन्छ ।

प्रचार गीत नै फिल्म बहिस्कारको कारक बनेपछि व्यापारमा असर त परिहाल्छ । त्यसैको उदाहरण अहिले हलमा देखिन्छ । ‘मास्टर्नी’ को शो खाली छ ।

तथापि फिल्म चलाउन प्रियंका दिनरात मेहनत गरिरहेकी छन् । जति दर्शक आएका छन् उनीहरूलाई भेट्न प्रियंका हल हलमा छिन् । मंगलबार उनी पूर्वका दर्शक भेट्न पुगेकी छन् ।

कस्ता फिल्मले पाउँछन् एडल्ट सर्टिफिकेट ?

यौनका दृश्य र अश्लील संवाद समावेश भएका फिल्मले स्वतः एडल्ट सर्टिफिकेट पाइहाल्छन् । दृश्य मात्रै होइन संवादका कारण पनि एडल्ट सर्टिफिकेट दिइने गरिन्छ ।

लागु पदार्थ र कुलतको प्रयोग बढी भएका दृश्य समावेश फिल्मलाई पनि एडल्ट सर्टिफिकेट दिइन्छ । यस्ता पदार्थ प्रयोगलाई बढावा दिने फिल्महरू कम उमेरका दर्शकलाई हेर्न दिइँदैन ।

हिंसा र रक्तपातका दृश्यहरू भएका फिल्म हेर्न पनि कम उमेरका दर्शकलाई प्रतिबन्ध लगाइन्छ । यतना र अमानवीय दृश्यहरू भएका फिल्मले पनि यही सर्टिफिकेट पाउँछन् ।

बाल मनोविज्ञान प्रतिकूलका विषयमा पनि फिल्म बन्छन् । मनोवैज्ञानिक द्वन्द्व, अपराधका जुक्ति सिक्ने र गलत शिक्षा ग्रहणको जोखिम भएका फिल्मलाई पनि एडल्ट सर्टिफिकेट दिइन्छ ।

मुख्य रुपमामाथि उल्लेख गरेका विषयहरूलाई केन्द्रमा राखेर एडल्ट सर्टिफिकेट दिइन्छ ।

‘मास्टर्नी’ अश्लील छ ?

‘मास्टर्नी’मा अश्लील दृश्य भएकाले एडल्ट सर्टिफिकेट दिइएको होइन ।

यो फिल्मको सबैभन्दा अश्लील दृश्यहरू नै प्रचार गीतमा छ । बाँकी फिल्ममा अश्लील दृश्य र संवाद शून्यप्रायः नै छ भन्दा फरक पर्दैन ।

उक्त फिल्ममा एक हत्याको घटना लुकाउन खोजिएको छ । त्यही दृश्यलाई बाल मनोविज्ञानसँग जोडेर एडल्ट सर्टिफिकेट दिइएको हो ।

फिल्ममा केही दृश्यहरू बाल मनोविज्ञान प्रतिकूल पर्ने छन् । तथापि, ती अश्लील छैनन् ।

यो फिल्म हेरेपछि बालबालिकालाई अपराध प्रेरित गराउन सक्ने जोखिम छ । यही सुक्ष्म विषयलाई ध्यानमा राखेर सेन्सर बोर्डले यो सर्टिफिकेट प्रदान गरेको पाइन्छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : ४४ बजे

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक