रसुवामा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी « Khabarhub

रसुवामा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङ उपस्थित बैठकमा रसुवामा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।

रसुवामामा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको असर मुग्लिनसम्म पर्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ३० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक