रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प « Khabarhub

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि नेपाल–चीन सीमा नजिकै भूकम्प गएको रेकर्ड भएको विवरण सार्वजनिक भएको छ।

प्रारम्भिक विवरणअनुसार नेपाली समयअनुसार बिहान ८ः३७ बजेतिर ४.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको करिब १३ मिनेटपछि रसुवातर्फ ठूलो बाढी प्रवेश गरेको देखिएको छ।

भूकम्प गएको क्षेत्रनजिकै ग्वक्वीङ को र ग्वाङ को नामका हिमताल रहेको र ती तालको पानीको बहाव ढल्किएर नेपालतर्फ, विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा आउने सम्भावना रहेको स्याटेलाइट तस्बिरबाट देखिएको दाबी गरिएको छ।

यद्यपि, भूकम्प र त्यसपछि आएको बाढीबीच प्रत्यक्ष कारण–सम्बन्ध रहेको कुरा भने अहिलेसम्म पुष्टि भएको छैन।

बाढीको सम्भावित स्रोतबारे हिमताल विस्फोट, हिमपहिरो वा बरफ खस्ने घटना, रक फल तथा पहिरोलगायतका विभिन्न सम्भावना औंल्याइएको छ। प्राप्त भिडियो फुटेजमा बाढीको बहावसँगै बरफ वा हिमजन्य पदार्थसमेत मिसिएको हुनसक्ने देखिएको प्रारम्भिक विश्लेषण छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि बाढीको कारणबारे यकिन भइनसकेको बताएका छन्। उनका अनुसार बाढी अचानक आएको थियो र माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने आशंका भए पनि त्यसको पुष्टि भएको छैन।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो परिमाणमा पानी अचानक नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बाढीले टिमुरे, स्याप्रुबेसीलगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ भने भोटेकोशी हुँदै त्रिशूली नदीमा समेत पानीको बहाव बढेको छ।

यसैबीच, तिब्बतको जिलङ काउन्टीतर्फ भने उक्त घटनाबाट कुनै क्षति नभएको स्थानीय प्रशासनले जानकारी दिएको छ। घटनाको वास्तविक कारण र बाढीको स्रोतबारे थप विवरण आउन बाँकी छ।

भूकम्पको विवरणबारे उपलब्ध भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्डमा भने बुधबार ४.४ म्याग्निच्युडको भूकम्प लद्दाख क्षेत्रमा बिहान ९ः०० बजेतिर रेकर्ड भएको देखिन्छ ।

त्यसैले रसुवा नजिकै बिहान ८ः३७ बजे गएको भनिएको भूकम्पको विवरणलाई सम्बन्धित भूकम्प मापन निकायबाट थप पुष्टि गर्नु जरुरी छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ११ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको