एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु « Khabarhub

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट  १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना  व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए ।   

सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए ।     

धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका थिए ।  

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४  छन् ।

यसैगरी, सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको सङ्ख्या कूल ६३ हजार १४० रहेको छ ।  जसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति हुन् ।

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माले गत आर्थिक वर्ष २०८२/८३ मा ६७५ समस्या समाधान गरिएको बताए । उनले  १५९ पीडितलाई पीडकबाट रु २२ करोड एक लाख ७८ हजार ४०३ फिर्ता गरिएको  जानकारी दिए । 

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा, कानुनी अधिकारलगायतका विषयमा सूचना तथा परामर्श प्रदान गर्दै आएको छ । 

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको औल्याए । 

वैदेशिक रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धन्जयकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : २७ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको