टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन् « Khabarhub

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको पर्खाइमा रहेको स्थानीयले बताएका छन्।

टिमुरे बजारका स्थानीयका अनुसार उनीहरू सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा छन्। ‘हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ। माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन,’ स्थानीयले भनेका छन्।

उनीहरूले सरकारी निकायले आफूहरूसँग तत्काल सम्पर्क गरी उद्धार गरिदिए ठूलो राहत हुने बताएका छन्।

तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले नुवाकोटतर्फको बेत्रावती बजारसमेत प्रभावित भएको बताइएको छ।

यसैबीच, रसुवाको मैलुङ भीरमा सुरक्षित रहेका स्थानीय युवा अर्जुन न्यौपानेले खाल्टे, बेत्रावती र त्रिशूली–बट्टार क्षेत्रका बस्ती जोगाउन आग्रह गरेका छन्।

बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको विवरण आइरहेका बेला न्यौपानेले आफूहरू मैलुङको भीरमा सुरक्षित रहेको बताएका छन्। उनले आफन्तहरूलाई आफूहरूको अवस्थाबारे ‘पिर’ नगर्न आग्रह गरेका छन्।

न्यौपानेका अनुसार आफूहरूमध्ये ६ जना ओडारमा सुरक्षित बसेका छन्। तर, उनले आफ्ना अन्य साथीहरू सबैको अवस्था थाहा हुन नसकेको बताएका छन्।

‘साथीहरू सबै देखेको छैनौँ,’ उनले भनेका छन्। उनले बाढीको बहाव तलतर्फ बढिरहेकाले खाल्टे, बेत्रावती तथा त्रिशूली–बट्टार क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ३३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित