मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह  « Khabarhub

मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह 


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र पार गरिसकेको छ । 

बाढीको बहाव अब केही घण्टाभित्र मुग्लिन हुँदै तलतर्फ जाने अनुमान गरिएपछि त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा जोखिम बढेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडकखण्ड तथा त्रिशूली नदी किनारका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

नदी किनारमा रहेका बस्ती तथा बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न अनुरोध गरिएको छ।

विशेषगरी नदीको बहाव थप बढ्न सक्ने भएकाले त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा नजान प्रहरीले सचेत गराएको छ ।

सडकमार्गमा यात्रा गर्नेहरूलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र निर्देशन पालना गर्न आग्रह गरेको छ। सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई अहिले नै सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ५३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित