भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस् « Khabarhub

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा ८ जना फसेको स्थानीय युवा अर्जुन न्यौपानेले बताएका छन्।

न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको जानकारी दिँदै बाढीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएको बताएका छन्। ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौँ। फोन उठाउन सकिन्न,’ उनले लेखेका छन्।

उनका अनुसार बाढीका कारण धेरै साथीहरू बगेको र ३०० भन्दा बढी मानिस फसेको आफूहरूले देखिरहेको बताएका छन्।

‘कृपया धेरै साथीलाई बगायो। ३०० माथि फसिरहेको देखिरहेका छौँ,’ न्यौपानेले लेखेका छन्। उनले राज्यका निकायलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न आग्रह गरेका छन्। ‘राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस् उहाँहरूलाई,’ उनले आग्रह गरेका छन्।

आफूहरू भने बेलुकासम्म सुरक्षित स्थानतर्फ झर्ने तयारीमा रहेको उनले बताएका छन्। ‘हामी बेलुकासम्म उत्रन्छौँ। हामी सुरक्षित छौँ,’ उनको भनाइ छ।

भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित तथा सम्पर्कविहीनको खोजी र उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार नेपाली सेनाले हेलिकोप्टरमार्फत समेत उद्धार गरिरहेको छ।

न्यौपानेले उल्लेख गरेको ३०० भन्दा बढी व्यक्ति फसेको दाबी भने उनको व्यक्तिगत विवरण भएकाले सम्बन्धित सरकारी निकायबाट पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १ : ०५ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित