भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो « Khabarhub

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।

सेनाले हेलिकोप्टरमार्फत रसुवाको स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।

उद्धारसँगै बाढी प्रभावितको स्वास्थ्य उपचारलाई पनि प्राथमिकता दिइएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सेनाले जनाएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १ : १० बजे

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु