बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास « Khabarhub

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्त्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

बाढीका कारण जनधनसँगै घर, सडक, पुल तथा विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढीका कारण रसुवा भोटेकोशी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत् आयोजना, प्रसारण संरचना, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुगेको हो । 

क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेसन तथा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसँग सम्बन्धित संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

विभिन्न स्थानमा रहेका वितरण संरचनासमेत प्रभावित हुँदा विद्युत् आपूर्ति नियमित गर्न समस्या भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आयोजनाका उपकरण, उत्पादन गृह, प्रसारण लाइन, सबस्टेसन र वितरण संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

क्षतिको वास्तविक विवरण स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणले उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास गरिरहेको जनाएको छ । 

बाढीका कारण अवरुद्ध भएका संरचनाको अवस्था मूल्याङ्कन गरी सम्भव भएसम्म छिटो मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने पनि प्राधिकरणले जनाएको छ । 

विद्युत् संरचना क्षतिग्रस्त भएका क्षेत्रमा विद्युत् लाइन तथा उपकरणबाट थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १ : २५ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित