प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता « Khabarhub

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्विकार्ने स्पष्ट पारेका छन् ।  

मंगलादेवी सिंहको स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित माल्यापर्ण कार्यक्रममा नेता सिंहले पार्टीको विधान र कानुनविपरीत विशेष महाधिवेशन भएको भन्दै यस विषयमा न्यायपालिकाको निर्णय स्विकार्ने स्पष्ट पारेका हुन् । 

उनले पार्टीको विधान र कानुनविपरीत ४० प्रतिशत हस्ताक्षरको विषयलाई जबरजस्ती टेकेर विशेष महाधिवेशन गरिएको र यसले पार्टीलाई अनावश्यक विवादमा फसाएर कमजोर बनाएको जिकिर गरे । 

नेता सिंहले संस्थापन पक्षले भाषणमा पार्टी मिलाउँछु भन्ने तर वार्ताको नाममा महिनौँ बेपत्ता हुने गरेको आरोप लगाए । 

उनले विगतमा निर्वाचन आयोग र अदालतको प्रारम्भिक प्रक्रियालाई आफूअनुकूल व्याख्या गर्नेहरूले अहिले मुद्दा अघि बढेपछि ‘कार्यकर्ता र जनतामाझ जानुपर्छ’ भन्न थालेको टिप्पणी गरे । 

पार्टी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै वैधानिक नेतृत्वमा अघि बढ्नुपर्ने र कांग्रेसको ऐतिहासिक मूल्य, मान्यता तथा संस्कार बोकेको विचार नै स्थापित हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ०० बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो