नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार « Khabarhub

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार भएको जनाइएको छ ।

बाढीबाट घाइतेहरुको उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघसंस्थासँग आवश्यक समन्वय भइरहेको पनि सरकारले जनाएको छ । 

वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा शय्या घाइतेका लागि छुट्याइएको, प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरिसकेको र स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको सरकारले जनाएको छ । 

साथै, स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी गरिरहेको र विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरेको जनाइएको छ ।

त्यस्तै, प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको सरकारको भनाइ छ ।
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ०९ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित