उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संस्थालाई आग्रह « Khabarhub

उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संस्थालाई आग्रह


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ।

परिषद्ले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो ।

साथै, गैरसरकारी संघ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ ।

परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्‍याउन सामाजिक संघ–संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : २४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी