धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम « Khabarhub

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन एन्ड एकेडेमीले १८ औं वार्षिक उत्सव मनाएको छ ।

ललितपुरको ग्वार्खुमा आयोजिकत कार्यक्रममा यस संस्थाले आफ्ना १२५ जना विद्यार्थीलाई प्रमाणपत्रसमेत दिएको थियो ।

२०६५ सालमा धार्दिङबाट सुरू भएको यो ब्युटी सलोनले हाल काठमाडौंका दुई ब्रान्चबाटसमेत सेवा दिँदै आएको छ ।

नुरा कुँवरको नेतृत्वमा सुरु भएको संस्थाले समयसँगै स्किन एस्थेटिक, विभिन्न व्यावसायिक ब्युटी सेवा, मेकअप तथा सेमी-पर्मानेन्ट मेकअपलगायतका सेवा विस्तार गरेको छ।

सेवासँगै सीप तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको निरजरा ब्युटी एकेडेमीबाट हालसम्म २ हजार ५०० भन्दा बढी विद्यार्थीले विभिन्न तहका ब्युटी, स्किन एस्थेटिक तथा सेमी-पर्मानेन्ट मेकअपसम्बन्धी पाठ्यक्रम पूरा गरिसकेका छन् ।

तीमध्ये धेरैजना नेपाल तथा विदेशमा पेशागत रूपमा कार्यरत छन् भने केहीले आफ्नै ब्युटी व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा नायक मगरसहित कलाकार पुष्पा थिङ, सांसद भूमिका श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ४९ बजे

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा