काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह र राहत व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् ।
उनले परिस्थितिको गम्भीरता र क्षतिको आँकलन गरी राष्ट्रिय विपद् कोष परिचालन गर्न र आवश्यकता अनुसार ‘राष्ट्रिय विपद्’ घोषणा गर्न माग गरे ।
मित्रराष्ट्रहरूको समेत सहयोग लिएर दीर्घकालीन पुनर्निर्माण र रणनीतिक योजना अघि बढाउनुपर्ने उनले बताए ।
उनले सरकार, सम्पूर्ण राजनीतिक दल, पूर्वसैनिक, प्रहरी र सामाजिक संघसंस्थाहरू एकजुट भएर उद्धार र राहतमा जुट्न अपिल गरे ।
उनले गोरखाबाट गोसाइँकुण्ड यात्रामा रहेका सवारीमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको र केहीले ज्यान गुमाएको दुःखद जानकारी प्राप्त भएको उल्लेख गरे ।
त्यस्तै दोलखा लगायत विभिन्न जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै नागरिकहरू विपद्मा परी सम्पर्कविहीन भएको उनले बताए ।












प्रतिक्रिया