हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह र राहत व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् । 

उनले परिस्थितिको गम्भीरता र क्षतिको आँकलन गरी राष्ट्रिय विपद् कोष परिचालन गर्न र आवश्यकता अनुसार ‘राष्ट्रिय विपद्’ घोषणा गर्न माग गरे । 

मित्रराष्ट्रहरूको समेत सहयोग लिएर दीर्घकालीन पुनर्निर्माण र रणनीतिक योजना अघि बढाउनुपर्ने उनले बताए । 

उनले सरकार, सम्पूर्ण राजनीतिक दल, पूर्वसैनिक, प्रहरी र सामाजिक संघसंस्थाहरू एकजुट भएर उद्धार र राहतमा जुट्न अपिल गरे ।

उनले गोरखाबाट गोसाइँकुण्ड यात्रामा रहेका सवारीमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको र केहीले ज्यान गुमाएको दुःखद जानकारी प्राप्त भएको उल्लेख गरे । 

त्यस्तै दोलखा लगायत विभिन्न जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै नागरिकहरू विपद्मा परी सम्पर्कविहीन भएको उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ३ : ३१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित