नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय « Khabarhub

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार तथा राहतका लागि नेपालस्थित भारतीय दूतावास सक्रिय भएको छ।

भारतीय दूतावासले नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी बाढी प्रभावित भारतीय नागरिकको शीघ्र उद्धार तथा राहतका लागि पहल भइरहेको जनाएको छ।

दूतावासले नेपाल सरकारसँगको समन्वयमा उद्धार तथा राहतका प्रयासलाई थप सुदृढ बनाउँदै लगिएको जनाएको छ।

बाढीबाट प्रभावित भारतीय नागरिकसम्बन्धी जानकारी तथा सहयोग आवश्यक परेमा दूतावासले दुईवटा आपत्कालीन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क नम्बर
+९७७ ९८५ १३१ ६८०७
+९७७ ९७० ९१० ७५००

नेपालमा बुधबार आएको भीषण बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण नेपाल भ्रमणमा आएका विदेशी नागरिकसमेत प्रभावित भएको विवरणहरू सार्वजनिक भइरहेका छन्।

‘काठमाडौं पोस्ट’को रिपोर्टअनुसार रसुवामा बाढीका कारण अहिलेसम्म ५ जनाभन्दा बढीको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीको उद्धार गरिएको छ।

नेपालमा आएको जलप्रलयपछि बिहारका सीमावर्ती जिल्लामा समेत सतर्कता जारी गरिएको छ। बाढीमा थुप्रै विदेशी पर्यटक फसेको खबरसमेत आएको छ। 

भारतीय समाचार च्यानन ‘आज तक’को रिपोर्टअनुसार १०५ जना भारतीय पर्यटक बेपत्ता भएको दाबी गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ५ : २० बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार