रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे « Khabarhub

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार बेपत्ता हुनेमा २०३ जना महिला र २०० जना पुरुष रहेका छन्।

बेपत्ता हुनेमध्ये ३४१ जना विदेशी नागरिक रहेका छन्। तीमध्ये १३३ जना भारतीय नागरिक छन्। यस्तै, ६२ जना नेपाली नागरिक बेपत्ता भएको विवरणमा उल्लेख छ।

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीका कारण थुप्रै मानिस सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

यद्यपि, बाढी प्रभावित क्षेत्रमा सडक तथा पुललगायतका संरचना क्षतिग्रस्त हुनुका साथै नदीको बहाव तीव्र रहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : १६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा