युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ « Khabarhub

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् । 

लिङ्कनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो ।

जहाजले पछिल्लो तैनातीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो । लामो तैनातीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव देखिएको विवरण सार्वजनिक भएपछि यसको तैनातीबारे चिन्ता बढेको थियो ।

रोयल थाई नेभीका अनुसार अमेरिकी क्यारियर स्ट्राइक समूहका तीन जहाज पूर्वी थाइल्यान्डमा छोटो समय रोकिनेछन् । भ्रमणका क्रममा कुनै सैन्य अभ्यास नगरिने बताइएको छ । सुरक्षा कारण देखाउँदै थाई पक्षले जहाजको बन्दरगाह र आगमन मिति भने सार्वजनिक गरेको छैन ।

लामो समयको तैनातीले चालक दलसँगै जहाज र उपकरणमा समेत दबाब बढाउने गर्छ । अमेरिका–इरानबीचको तनाव केही मत्थर भए पनि अमेरिकी नौसेनाले हर्मुज जलघाँटीमा इरानी बन्दरगाहविरुद्ध नाकाबन्दी जारी राखेको छ । 

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी प्रशासनले भने स्पष्ट योजना सार्वजनिक गरेको छैन । रासस
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : २६ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग