कांग्रेस विशेष महाधिवेशनसम्बन्धी फैसला सच्याउन सर्वोच्चद्वारा अस्वीकार « Khabarhub

कांग्रेस विशेष महाधिवेशनसम्बन्धी फैसला सच्याउन सर्वोच्चद्वारा अस्वीकार


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित फैसलामा त्रुटि भएको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको निवेदन सच्याउन अस्वीकार गरेको छ ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बुधबार देउवाको मागअनुसार फैसला संशोधन गर्न नमिल्ने आदेश दिएको हो ।

देउवाले गत वैशाख ४ गते सर्वोच्चबाट भएको फैसलाको एक खण्डमा त्रुटि भएको दाबी गर्दै सच्याउन माग गरेका थिए। फैसलामा रिट निवेदनमा विपक्षी नबनाइएका गगनकुमार थापाको नाम उल्लेख गरिएको भन्दै देउवा पक्षले आपत्ति जनाएको थियो ।

वैशाख ४ गतेको आदेशमा ‘नेपाली कांग्रेसको अवैधानिक विशेष अधिवेशनबाट निर्वाचित भएको भनिएको गगनकुमार थापाको अध्यक्षता भनी नामाकरण गरी प्रचारित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने उल्लेख गरिएको थियो ।

तर सर्वोच्चले रिट निवेदनमा उल्लेख भएका विषयकै आधारमा मात्र फैसला वा आदेश लेखिनुपर्ने नहुने स्पष्ट गरेको छ । मुद्दाको सुनुवाइका क्रममा रिट निवेदन, लिखित जवाफ तथा पेस भएका प्रमाणको समग्र मूल्यांकन गरेर न्याय निरूपण हुने भएकाले फैसलामा त्यसअनुसार विषय समेटिन सक्ने अदालतको ठहर छ ।

यसअघि यही इजलासले वैशाख ४ गते थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको थियो । उक्त फैसलाविरुद्ध देउवा पक्षले पुनरावलोकनका लागि निवेदन दिएकोमा सर्वोच्चले पुनरावलोकनको अनुमति समेत दिएको थियो।

यसैबीच देउवा पक्षले पूरक निवेदनमार्फत कांग्रेसको नियमित महाधिवेशनको कार्यतालिका रोक्नसमेत माग गरेको छ। उक्त निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका