रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी « Khabarhub

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास सिर्जना गरेको छ । बाढीपछि ४०३ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बेपत्ता हुनेमा ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक छन् । बाढी गएको लामो समय बितिसक्दा पनि उनीहरूमध्ये कसैको अवस्था यकिन हुन नसकेको र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

बेपत्ता विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । भारतका १३३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना नागरिक बेपत्ता छन् ।

यस्तै, युक्रेनका ७, सिंगापुर र दक्षिण अफ्रिकाका ६–६, जापान र न्युजिल्यान्डका ५–५ तथा जर्मनीका ४ जना नागरिक बेपत्ता छन्। फ्रान्स, स्पेन, रुस, नेदरल्यान्ड्स, आयरल्यान्ड, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया र फिलिपिन्सका नागरिकसमेत बेपत्ता सूचीमा छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले बेपत्ता पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग