रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प « Khabarhub

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका बेला बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

प्रारम्भिक विवरणअनुसार भूकम्प नेपालको कोदारीबाट करिब ५५ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्पको केन्द्रबिन्दु ‘ल्यान्डस्लाइड’ क्षेत्रमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

भूकम्पसम्बन्धी प्रारम्भिक सूचना अमेरिकी भूगर्भ सर्वेक्षणको विवरणमा आधारित रहेको छ। यसको गहिराइ तथा भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

बुधबार नै रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेका बेला भूकम्पको धक्का महसुस भएपछि प्रभावित क्षेत्रमा थप त्रास सिर्जना भएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा समेत असर परेको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको छ।

भूकम्पबाट बाढी प्रभावित क्षेत्रमा थप क्षति पुगेको वा जनधनको क्षति भएकोबारे तत्काल विस्तृत विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ५९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा