रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प « Khabarhub

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका बेला बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

प्रारम्भिक विवरणअनुसार भूकम्प नेपालको कोदारीबाट करिब ५५ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्पको केन्द्रबिन्दु ‘ल्यान्डस्लाइड’ क्षेत्रमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

भूकम्पसम्बन्धी प्रारम्भिक सूचना अमेरिकी भूगर्भ सर्वेक्षणको विवरणमा आधारित रहेको छ। यसको गहिराइ तथा भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

बुधबार नै रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेका बेला भूकम्पको धक्का महसुस भएपछि प्रभावित क्षेत्रमा थप त्रास सिर्जना भएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा समेत असर परेको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको छ।

भूकम्पबाट बाढी प्रभावित क्षेत्रमा थप क्षति पुगेको वा जनधनको क्षति भएकोबारे तत्काल विस्तृत विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १० : ५९ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६