रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन « Khabarhub

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले बुधबार राति ११ः०५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढी प्रहरी चौकीका ९ जनामध्ये एक, स्यार्पुबेंसीका ८ जनामध्ये पाँच, मैलुङका ८ जनामध्ये तीन, बेत्रावतीका १० जनामध्ये नौ र हाकुका ६ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् ।

बाढीपछि विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जना रहेका छन् ।

त्यस्तै, बाढी तथा अन्य घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा चार, वीर अस्पतालमा तीन, वीरेन्द्र सैनिक अस्पतालमा एक, ग्रिन सिटी अस्पतालमा एक, नर्भिक अस्पतालमा तीन र त्रिशूली अस्पतालमा नौ जना उपचाररत छन् ।

प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना कर्मचारीको खोजी तथा उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ११ : १६ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार