एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य « Khabarhub

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा पूरै १५ ओभर खेल्दै नेपालले चार विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाए ।

तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धतक पूरा गरेका थिए । उनले ३२ बलको सामना गरेर जापानविरुद्ध नटआउट ५७ रन बनाए ।

पाँचौक्रममा आएका लोकेश बलले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्तमा २२ बलको सामना गर्दा
नटआउट ५२ रन बनाउँदै अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए भने कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट भए ।

नेपाललाई रोक्न जापानका लागि रेओ साकुरानो– थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले एकएक विकेट हात पारे । नेपालविरुद्ध जापानले सात जना बलर प्रयोग गरेको थियो । जापानका इब्राहिम महंगा सावित भए उनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर ४० रन दिएका हुन् ।

समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो । आजको खेलमा विजयी भए नेपाल क्वाटरफाइनल प्रवेश गर्नेछ । अघिल्लो खेलमा पराजित भएको जापान भने समूह चरणबाटै बाहिरिने छ । जापान विजयी भए रनरेटका आधारमा क्वाटरफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ०२ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्