एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य « Khabarhub

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा पूरै १५ ओभर खेल्दै नेपालले चार विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाए ।

तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धतक पूरा गरेका थिए । उनले ३२ बलको सामना गरेर जापानविरुद्ध नटआउट ५७ रन बनाए ।

पाँचौक्रममा आएका लोकेश बलले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्तमा २२ बलको सामना गर्दा
नटआउट ५२ रन बनाउँदै अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए भने कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट भए ।

नेपाललाई रोक्न जापानका लागि रेओ साकुरानो– थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले एकएक विकेट हात पारे । नेपालविरुद्ध जापानले सात जना बलर प्रयोग गरेको थियो । जापानका इब्राहिम महंगा सावित भए उनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर ४० रन दिएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ०२ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल