एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव « Khabarhub

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

अमेरिकी अधिकारी भन्छन्– ‘हतारको अवस्था छैन’


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक सर्तहरू पूरा भएमा सात दिनभित्रै स्ट्रेट अफ होर्मुज खुला गर्न सकिने बताएका हुन् ।

कतारका माध्यमबाट अमेरिकासम्म पुर्‍याइएको यो प्रस्ताव गत जुन महिनामा भएको समझदारीपत्रमै आधारित रहेको र अब यसमा निर्णय लिने जिम्मा अमेरिकी पक्षको रहेको विदेशमन्त्री अराघचीले स्पष्ट पारेका छन्।

अराघचीले भने, ‘आवश्यक सर्तहरू पूरा भएमा, जलमार्ग पुनः खोल्न सकिन्छ, सात दिनभित्रै सामान्य समुद्री मार्ग पुनर्स्थापित गर्न सकिन्छ।’

यता, अमेरिकी अधिकारीहरूले भने मध्यस्थकर्तामार्फत सकारात्मक कुराकानी भइरहेको बताए पनि आफूहरू बलियो स्थितिमा रहेकाले हतारमा नरहेको प्रतिक्रिया दिएका छन्।

गत जुन १८ मा भएको १४ बुँदे समझदारीमा युद्धविराम गर्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने, अमेरिकी नौसेनाको नाकाबन्दी हटाउने र प्रतिबन्ध फुकुवा गर्ने उल्लेख थियो। तर, दुवै पक्षबीच पुनः आक्रमण सुरु भएपछि सो सम्झौता भंग भएको थियो।

गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको जवाफस्वरूप इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्वभर इन्धनको मूल्यमा ठूलो उतारचढाव आएको छ।

विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्ग भएर पार हुने गर्दथे। आगामी नोभेम्बरमा हुने अमेरिकी कांग्रेसको चुनाव नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो द्वन्द्व अन्त्य गर्न दबाब बढिरहेको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : २१ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको