म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन « Khabarhub

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ ।

धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । मङ्गला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित भएका छन् ।

म्याग्दी कांग्रेसका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन भए ।

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पछि पार्दै भट्टचन निर्वाचित भएका हुन् । भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गरेका थिए ।

६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसम्मतिमा नेतृत्व, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ४३ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका