भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर) « Khabarhub

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ ।

त्रिशुली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने, घण्टौँ पालो पर्खिर तुइनको यात्रा गर्नुपर्ने बाध्यता बाढी प्रभावित क्षेत्रका स्थानीयलाई छ । बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क सहज हुन सकेको छैन ।

बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ । पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३ र धादिङमा ५ वटा छन् । बाँकी एउटा गोरखामा परेको छ । मोटरेबल पुलतर्फ ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

झोलुङ्गे पुलमा पनि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ । यसले नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनाएको छ।

पुल र सडक बगेपछि स्थानीयको समस्या यातायातमा मात्रै सीमित छैन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने काम, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ ।

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : ४० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६