सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर) « Khabarhub

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ।

चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङ खण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन्। निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढेपछि उक्त क्षेत्रमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ।

त्यस्तै, इच्छाकामना गाउँपालिका–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोमा लगातार ढुंगा खसिरहेकाले सडकबाट पहिरो पन्छाउनसमेत समस्या भइरहेको छ।

सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : ५४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये