सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर) « Khabarhub

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ।

चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङ खण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन्। निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढेपछि उक्त क्षेत्रमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ।

त्यस्तै, इच्छाकामना गाउँपालिका–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोमा लगातार ढुंगा खसिरहेकाले सडकबाट पहिरो पन्छाउनसमेत समस्या भइरहेको छ।

सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : ५४ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६