नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री « Khabarhub

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेसएक्सको ‘क्रु–१४ अभियान’मा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ।

नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने उक्त अभियान सन् २०२७ को वसन्तयामअघि प्रक्षेपण नहुने र लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुनेछ।

अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले यानको कमान्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नेछन्। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका अन्तरिक्ष यात्री अरुत्युन किभिर्यानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ।

यो अभियान नासाको पृथ्वीको तल्लो कक्षसम्बन्धी कार्यक्रमअन्तर्गत स्पेसएक्ससँगको १४औँ व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान अभियान हुनेछ ।

अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्‍याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ११ : २५ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको