नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम « Khabarhub

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ ।

नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ । उक्त अभियान शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानिलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सञ्चालन भएको छ ।

कार्यक्रमअन्तर्गत भोलि काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ हुनेछ । दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १२ : ०२ बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको