उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू) « Khabarhub

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कालीगण्डकीमा मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर पानीको बहाव बढिरहेको भन्दै बागलुङ, पर्वत र म्याग्दी जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कालीगण्डकी आसपासका म्याग्दीको बेनी, बागलुङको निघारघाट, मालढुङ्गालगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानदेखि कालीगण्डकीमा पानीको सतह अघिल्लो दिनको तुलनामा थप बढेको छ ।

मोदी र कालीगण्डकी नदी मिसिने पर्वतको मोदीवेणीमा कालीगण्डकीले चेतावनी तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मोदीवेणीमा चेतावनी तह ७ मिटर रहेकामा पानीको सतह ७.७५ मिटर पुगेको छ ।

महाशाखाका अनुसार मोदीवेणीमा पानीको सतह अहिले घट्ने क्रममा रहे पनि जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कालीगण्डकी बहने अन्य स्थानमा पानीको सतह चेतावनी तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १२ : ४० बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका