उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू) « Khabarhub

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कालीगण्डकीमा मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर पानीको बहाव बढिरहेको भन्दै बागलुङ, पर्वत र म्याग्दी जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कालीगण्डकी आसपासका म्याग्दीको बेनी, बागलुङको निघारघाट, मालढुङ्गालगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानदेखि कालीगण्डकीमा पानीको सतह अघिल्लो दिनको तुलनामा थप बढेको छ ।

मोदी र कालीगण्डकी नदी मिसिने पर्वतको मोदीवेणीमा कालीगण्डकीले चेतावनी तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मोदीवेणीमा चेतावनी तह ७ मिटर रहेकामा पानीको सतह ७.७५ मिटर पुगेको छ ।

महाशाखाका अनुसार मोदीवेणीमा पानीको सतह अहिले घट्ने क्रममा रहे पनि जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कालीगण्डकी बहने अन्य स्थानमा पानीको सतह चेतावनी तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १२ : ४० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६