स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता « Khabarhub

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन  प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताए।

उनले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताए।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने बताए। 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगको रोकथाम र सचेतनामा ध्यान दिनुपर्ने बताए । 
 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली