युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी « Khabarhub

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने गतिविधिले उसले खोजेको परिणाम हासिल नहुने र त्यसले अवस्था थप जटिल बनाउने चेतावनी दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले उत्तेजक गतिविधि वा तनाव बढाउने कुनै पनि कदम चालेर आफूले चाहेको परिणाम प्राप्त गर्न नसक्ने बताए। त्यस्ता गतिविधिले युक्रेनकै अवस्था थप कठिन बनाउने उनको भनाइ थियो।

रुसले गरेको सैन्य जबाफी कारबाहीपछि युक्रेनले ऊर्जा संरचनामाथिको आक्रमण तथा हवाई हमलालगायत विभिन्न क्षेत्रमा युद्धविरामसम्बन्धी व्यवस्था गर्न खोजेको पुटिनले दाबी गरे ।

युक्रेनले कथित रूपमा समुद्री नाकाबन्दी लागू गर्ने प्रयास गर्नुका साथै भण्डारण केन्द्र र नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउँदै रुसले त्यसको जवाफ दिन थालेको उनले बताए।

पुटिनका अनुसार युक्रेनका गतिविधिका कारण कृष्ण सागरमा रहेका १०० भन्दा बढी पानीजहाजमा क्षति पुगेको रुसी पक्षको आकलन छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली