साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी « Khabarhub

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुई ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ।

गठबन्धनका अनुसार हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। हवाई प्रतिरक्षा प्रणालीले रियाद क्षेत्रतर्फ प्रहार गरिएका दुई ड्रोन पहिचान गरी नष्ट गरेको तथा दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकेको जनाएको छ। खमिस मुशैतमा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ।

इरान समर्थित हुथी समूहका आक्रमण गत जुलाईदेखि निरन्तर तीव्र हुँदै आएका छन्। लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व पुनः चर्किएको हो। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी व्यापक द्वन्द्वसँग यमनको युद्धसमेत जोडिने जोखिम बढाएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गर्दै त्यस्ता आक्रमणमा महिला तथा बालबालिकासहित सर्वसाधारण घाइते भएको जनाएको थियो।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ। समूहले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्दै साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको बताइएको छ। यसबाट क्षेत्रीय सुरक्षा र ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल–असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताउनुभएको छ। उहाँले शनिबारको आक्रमणलाई पूर्णस्तरको युद्धका लागि ‘सानो अभ्यास’का रूपमा लिइएको दाबी गरे।

खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले हुथी आक्रमणको निन्दा गर्दै यसलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन बताए। उनले आक्रमणले सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न र हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गरे।

यसैबीच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान गरेका थिए ।

हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार अगस्टयता यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ३४ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम