ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी « Khabarhub

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गरेको दाबी गरिएको छ ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ट्रम्पले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई आक्रमण गर्न सकिने विषयमा आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन् ।

इरानले अमेरिका र इरानबीचको तनाव कम गर्ने तथा रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने उद्देश्यसहित सातदिने युद्धविराम प्रस्ताव अघि सारेको बताइएको छ । रिपोर्टमा उक्त प्रस्ताव ट्रम्पले अस्वीकार गरेको उल्लेख छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अमेरिकाले सम्झौतामा उल्लेखित आवश्यक सर्त पूरा गरेपछि मात्र सुरु हुने बताएका थिए ।

इरान र अमेरिकाबीच हर्मुज जलडमरूमध्यको सञ्चालन, आणविक कार्यक्रम र प्रतिबन्धलगायत विषयमा मतभेद रहँदै आएको छ । यसअघि पनि दुई देशबीच युद्धविराम र तनाव कम गर्ने प्रयास भए पनि जलडमरूमध्य खोल्ने विषयमा सहमति जुट्न कठिन भएको थियो।

यसै साता ट्रम्पले इरानलाई कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए । यद्यपि, त्यसपछि उनले इरानी पक्षसँग अमेरिकी प्रतिनिधिहरूको ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली