ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी « Khabarhub

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गरेको दाबी गरिएको छ ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ट्रम्पले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई आक्रमण गर्न सकिने विषयमा आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन् ।

इरानले अमेरिका र इरानबीचको तनाव कम गर्ने तथा रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने उद्देश्यसहित सातदिने युद्धविराम प्रस्ताव अघि सारेको बताइएको छ । रिपोर्टमा उक्त प्रस्ताव ट्रम्पले अस्वीकार गरेको उल्लेख छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अमेरिकाले सम्झौतामा उल्लेखित आवश्यक सर्त पूरा गरेपछि मात्र सुरु हुने बताएका थिए ।

इरान र अमेरिकाबीच हर्मुज जलडमरूमध्यको सञ्चालन, आणविक कार्यक्रम र प्रतिबन्धलगायत विषयमा मतभेद रहँदै आएको छ । यसअघि पनि दुई देशबीच युद्धविराम र तनाव कम गर्ने प्रयास भए पनि जलडमरूमध्य खोल्ने विषयमा सहमति जुट्न कठिन भएको थियो।

यसै साता ट्रम्पले इरानलाई कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए । यद्यपि, त्यसपछि उनले इरानी पक्षसँग अमेरिकी प्रतिनिधिहरूको ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ४४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा