बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो « Khabarhub

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा पनि बेपत्ताको खोजी र पहिचानको पीडा उस्तै छ। बाढीमा बेपत्ता भएका अनुमानित ५ हजार २८५ जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ताको खोजी तथा पहिचानमा सहज होस् भनेर परिवार र आफन्तले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्तामा उनीहरूका तस्बिरसहितका सूचना टाँसेका थिए। तर, एक महिनासम्म पनि हराएकाहरूको अत्तोपत्तो नहुँदा ती तस्बिर भने घामपानीका कारण उप्किन, खुइलिन र च्यातिन थालेका छन्।

घटनालगत्तै आफन्त भेटिने आशामा अस्पतालका भित्तामा टाँसिएका ती तस्बिरमध्ये कतिपय अझै त्यहीँ छन्। केही परिवारले भने बेपत्ताको कुशको शव बनाएर अन्त्येष्टिसमेत गरिसकेका छन्।

बाढीमा परेका हालसम्म एक हजार ४५३ जनाको शव भेटिएको छ। शव भेटिए पनि कतिपयको पहिचान हुन बाँकी छ। बेपत्ताको पहिचानका लागि हालसम्म दुई हजार ६० जनाको डीएनए नमुना संकलन गरिएको छ।

बेपत्ताको खोजी र पहिचानमा परिवारले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन्। अस्पतालका भित्तामा खुइलिँदै र च्यातिँदै गरेका तस्बिरले भने एक महिनापछि पनि उनीहरूको पीडा र अनिश्चितताको अवस्थालाई झल्काइरहेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : २९ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा