बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो « Khabarhub

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा पनि बेपत्ताको खोजी र पहिचानको पीडा उस्तै छ। बाढीमा बेपत्ता भएका अनुमानित ५ हजार २८५ जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ताको खोजी तथा पहिचानमा सहज होस् भनेर परिवार र आफन्तले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्तामा उनीहरूका तस्बिरसहितका सूचना टाँसेका थिए। तर, एक महिनासम्म पनि हराएकाहरूको अत्तोपत्तो नहुँदा ती तस्बिर भने घामपानीका कारण उप्किन, खुइलिन र च्यातिन थालेका छन्।

घटनालगत्तै आफन्त भेटिने आशामा अस्पतालका भित्तामा टाँसिएका ती तस्बिरमध्ये कतिपय अझै त्यहीँ छन्। केही परिवारले भने बेपत्ताको कुशको शव बनाएर अन्त्येष्टिसमेत गरिसकेका छन्।

बाढीमा परेका हालसम्म एक हजार ४५३ जनाको शव भेटिएको छ। शव भेटिए पनि कतिपयको पहिचान हुन बाँकी छ। बेपत्ताको पहिचानका लागि हालसम्म दुई हजार ६० जनाको डीएनए नमुना संकलन गरिएको छ।

बेपत्ताको खोजी र पहिचानमा परिवारले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन्। अस्पतालका भित्तामा खुइलिँदै र च्यातिँदै गरेका तस्बिरले भने एक महिनापछि पनि उनीहरूको पीडा र अनिश्चितताको अवस्थालाई झल्काइरहेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : २९ बजे

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा