मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द « Khabarhub

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द गरिएको छ।

पुलको फाउण्डेसन छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन तथा पैदल यात्रुको आवतजावतमा रोक लगाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीले जानकारी दिए।

उनका अनुसार पुलमा कुनै क्षति पुगेको छैन। तर पुलको छेउको जमिन धसिएकाले थप जोखिम हुन सक्ने भएकाले आवतजावत रोकिएको हो।

मूलपानी–बोडे पुलले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई जोड्छ। निरन्तर वर्षा भइरहेकाले तत्काल मर्मतसम्भार गर्न सम्भव नभएकाले अर्को सूचना नभएसम्म पुलमा आवतजावत बन्द गरिएको नगर प्रहरीले जनाएको छ।

पुल बन्द भएपछि मूलपानी हुँदै भक्तपुर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली