मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द « Khabarhub

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द गरिएको छ।

पुलको फाउण्डेसन छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन तथा पैदल यात्रुको आवतजावतमा रोक लगाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीले जानकारी दिए।

उनका अनुसार पुलमा कुनै क्षति पुगेको छैन। तर पुलको छेउको जमिन धसिएकाले थप जोखिम हुन सक्ने भएकाले आवतजावत रोकिएको हो।

मूलपानी–बोडे पुलले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई जोड्छ। निरन्तर वर्षा भइरहेकाले तत्काल मर्मतसम्भार गर्न सम्भव नभएकाले अर्को सूचना नभएसम्म पुलमा आवतजावत बन्द गरिएको नगर प्रहरीले जनाएको छ।

पुल बन्द भएपछि मूलपानी हुँदै भक्तपुर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ५२ बजे

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै