मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द « Khabarhub

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि लमजुङको ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले आज विद्युत् उत्पादन बन्द गरी टर्वाइनको सफाइ थालेको छ । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो ।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मस्र्याङ्दी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढी आउन थालेपछि विद्युत् उत्पादनमा असर पर्नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिएर आयोजना ‘सटडाउन’ गरिएको हो । “नदीमा पानीसँगै बालुवा धेरै आइरहेको छ । यसले टर्वाइनमा असर पार्नसक्ने भएकाले आज दिउँसोदेखि आयोजना ‘सटडाउन’ गरेर दुईवटै टर्वाइनमा बालुवा सफाइको काम सुरु गरेका छौँ”, उनले भने । उनका अनुसार टर्वाइनको बालुवा सफाइको काम सम्पन्न गर्न कम्तीमा चारदेखि पाँच घण्टा लाग्नेछ ।

सफाइको काम सकिएपछि अवस्था हेरेर विद्युत् उत्पादन पुनःसञ्चालन गरिनेछ । मध्य–मर्स्याङ्दी लमजुङमा निर्माण भएको पहिलो ठूला जलविद्युत् आयोजना हो । आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट कुल ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले पनि आज बिहान करिब तीन घण्टा विद्युत् उत्पादन बन्द गरी दुवै टर्वाइनको सफाइ गरेको छ ।

आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार २५/२५ मेगावाट क्षमताका दुवै टर्वाइन खोलेर पानी निकाली बालुवा सफाइ गरिएको हो । “मर्स्याङ्दीमा बालुवा धेरै आएको र त्यसले गर्दा टर्वाइनमा जोखिम बढ्नसक्ने भएकाले करिब तीन घण्टा विद्युत् बन्द गरेर दुवै टर्वाइन खोली पानी निकालेर बालुवा सफाइ गरेका हौँ”, उनले भने । सफाइको काम सम्पन्न भएपछि अहिले विद्युत् उत्पादन पुनःसञ्चालनमा आइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : ४० बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा