नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो « Khabarhub

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार गरेको छ । बिहीबारदेखि भइरहेको वर्षाका कारण शनिबार साँझ नदीको पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

नारायणी बेसिन कार्यालय चितवनको रेकर्डअनुसार शनिबार साँझ ५ बजे नदीको पानीको सतह ८.९३ मिटर पुगेको छ । नारायणीमा ७.३० मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।

नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको कार्यालय प्रमुख सुमित अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले थप वर्षा भए नारायणी नदीको पानी खतराको तह पार गर्नसक्ने बताए। उनका अनुसार हालसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । तर, वर्षा थपिए ठूलो बाढीको जोखिम रहेको उनले बताए।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

यतिबेला तटीय क्षेत्रमा सूचना प्रवाह गर्ने, स्थानीयवासीलाई सचेत गराउने तथा सम्भावित बाढीको अवस्थामा उद्धारका लागि आवश्यक तयारी भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ६ : ४५ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि