नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो « Khabarhub

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार गरेको छ । बिहीबारदेखि भइरहेको वर्षाका कारण शनिबार साँझ नदीको पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

नारायणी बेसिन कार्यालय चितवनको रेकर्डअनुसार शनिबार साँझ ५ बजे नदीको पानीको सतह ८.९३ मिटर पुगेको छ । नारायणीमा ७.३० मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।

नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको कार्यालय प्रमुख सुमित अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले थप वर्षा भए नारायणी नदीको पानी खतराको तह पार गर्नसक्ने बताए। उनका अनुसार हालसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । तर, वर्षा थपिए ठूलो बाढीको जोखिम रहेको उनले बताए।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

यतिबेला तटीय क्षेत्रमा सूचना प्रवाह गर्ने, स्थानीयवासीलाई सचेत गराउने तथा सम्भावित बाढीको अवस्थामा उद्धारका लागि आवश्यक तयारी भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ६ : ४५ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा