एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित « Khabarhub

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् । चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए ।

उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे । क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो ।

महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलङ्काकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।

मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् । पुरुष एकलमा प्रफुल श्रीङ्काका डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : १६ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व