काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन वाग्ले दोहा प्रस्थान गरेका हुन् ।
वाग्लेका साथमा अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि छन् । उक्त बैठकमा मन्त्री वाग्लेले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्नेछन् ।
दोहामा उनले भारत, बंगलादेश, माल्दिभ्सका समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । उनी असोज १४ गते स्वदेश फर्किने बताइएको छ ।













प्रतिक्रिया