हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी « Khabarhub

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ । यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानले दिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको उच्च सैन्य कमाण्डको मुख्यालयबाट अमेरिकालाई उक्त चेतावनी दिइएको हो ।  अबको सात दिनभित्र स्ट्रेट अफ होर्मुज खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका छन्  । इरानी अर्धसरकारी समाचार संस्था मेहरका अनुसार संवेदनशील इलाकाहरूमा अमेरिकी सैन्य गतिविधि पनि चलिरहेको छ । 

इरानको आधिकारिक भनाइ उद्धृत गर्दै मेहरले भनेको छ,”इरानले युद्धको थालनी गर्नेछैन । तर यदि इरानमाथि हमला भयो भने प्रतिरक्षाको कुनै कसर इरानले बाँकी राख्ने छैन । ”

राष्ट्रसंघको ८१ औँ महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ध्वस्त हुने वा क्षतिपूर्ति लिएर पुनर्निमार्णसहितको सबल राष्ट्र बन्ने विकल्प रहेको चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पको चेतावनी र होर्मुज केन्द्रित अमेरिकी सैन्य गतिविधि बढेपछि इरानले हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको हो । 

यता, एकसाताभित्रै स्ट्रेट अफ होर्मुजको सञ्चालनबारे इरान र अमेरिकाबीच कूटनीतिक र राजनीतिक संवाद पनि जारी छ । इरानी विदेशमन्त्री अब्बास अघर्चीले एकसाताभित्रै होर्मुज सञ्चालनका लागि इरानले अमेरिकासँग प्रस्ताव राखेको बताए ।

यदि इरानी सर्त मान्न अमेरिका तयार भए होर्मुज सञ्चालन हुने उनले बताएका छन् । ”अब सबै कुरा अमेरिकी हातमा छ । इरानले आफ्ना सर्तहरू स्पष्ट ढंगले राखेको छ,” उनले भनेका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : २० बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन