बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न « Khabarhub

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा लागेको मेला आज साँझ बाजागाजाका साथ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहमा भित्र्याएपछि सम्पन्न भएको छ ।

भाद्रशुक्ल पूर्णिमाको दिन बिहानैदेखि दिनभरि इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो । आज साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न भएको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित हिजो साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्याई साँझदेखि सुरु भएको मेला आज इन्द्र दहबाट देवतालाई खटमा राखेर नगर परिक्रमा गरी देवगृहमा प्रवेश गराएर सम्पन्न भएको छ ।

नेपाल सम्वत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको श्रेष्ठको भनाइ छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्रशुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड कान्छी औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा पनि इन्द्र दहमा मेला लाग्ने गरेको उनले बताए । राजतन्त्रको पराजय र जनताको विजयीको रूपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक