बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। प्रदेशका मुख्य राजमार्ग तथा ग्रामीण सडकका विभिन्न खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलको साँझ ७:३० सम्मको अद्यावधिक विवरणअनुसार लुम्बिनी प्रदेशका सात मुख्य सडक अवरुद्ध छन्।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोरअन्तर्गतको सडकखण्ड भने असोज ९ गते बिहान ९ः३७ बजेदेखि पहिरोका कारण अवरुद्ध छ। सडक खुलाउने प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
गुल्मीकै रुद्रबेणी–वामीटक्सार सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ स्थित शिस्नेभीरमा असोज ९ गते दिउँसो साढे ३ बजेदेखि यातायात ठप्प छ। पहिरोका कारण सडकखण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत छत्रकोट गाउँपालिका–३ को शृङ्गे देउरालीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो हटाउने काम सुरु भए पनि सडक सञ्चालनमा आउन सकेको छैन।
यस्तै, रोल्पाको सहिद राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–६ लालाभाङमा आज बिहान ९ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गुल्मीको तम्घास–खर्ज्याङ–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा आज दिउँसो १२ः२० बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्युठानको बाघदुला–बाहाने सडकखण्डअन्तर्गत नौबहिनी गाउँपालिका–६ बाघदुलामा आज दिउँसो ४ः३० बजेदेखि सडक अवरुद्ध छ। उक्त सडकखण्ड पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।
त्यसैगरी, प्युठानकै बाहाने–खबाङ सडकखण्डअन्तर्गत नौबहिनी गाउँपालिका–६ को लाखाचौरमा आज साँझ साढे ६ बजे पहिरो खसेको छ। पहिरोका कारण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। प्रहरीले अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। प्रदेशका मुख्य राजमार्ग तथा ग्रामीण सडकका विभिन्न खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलका अनुसार साँझ ७:३० सम्मको अद्यावधिक विवरण अनुसार लुम्बिनी प्रदेशका ७ मुख्य सडक अवरुद्ध छन्।

प्रतिक्रिया