अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द « Khabarhub

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले  विपद् जोखिमको कारण सुरक्षाका लागि  प्रवेशाज्ञा (परमिट) दिन बन्द गरेको छ ।

एक्याप प्रधान कार्यालय पोखराले मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुने उल्लेख गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्चपहाडी क्षेत्रको भ्रमण गर्न जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमतिपत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । 

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार मौसम पूर्वानुमान महाशाले बिहीबारदेखि चार दिनसम्म भारी वर्षा र हिमपात हुने जनाएकाले सोही सूचनालाई मध्यनजर गरी पर्यटकको सुरक्षाका लागि प्रवेशाज्ञा (परमिट) अनुमतिपत्र दिन बन्द गरेको कार्यालय प्रमुख गुप्तको भनाइ छ । 

 निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङसहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकलाई बिहीबारदेखि प्रवेशाज्ञा अनुमतिपत्र दिन बन्द गरिएको हो ।

एक्याप जोमसोम प्रमुख गुप्ताले  कुनै पर्यटक जिल्ला भित्रिएको अवस्थामा कार्यालयद्वारा भौतिक रूपमा उपस्थित भएर प्रवेशाज्ञा (परमिट) शुल्क लिएर सहजीकरण गरिने बताए ।  एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणालीमार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ ।

तर, निरन्तरको वर्षाका कारण बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने तथा यात्रा जोखिम हुनसक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्तको भनाइ छ । प्रतिकूल मौसमका कारण अहिलेको असहज परिस्थितिको रोकिनेबित्तिकै साविककैअनुसार प्रवेशाज्ञा सेवा सञ्चालन गराइने उनले बताए । 

एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेक र म्याग्दीको सिख, घारा र नारच्याङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकिएको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन् । एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई  एक हजार र तेस्रो मुलुकका पर्यटकका लागि तीन हजार प्रवेशाज्ञा शुल्क लिने गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : ३२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक