दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच पुनः झडप « Khabarhub

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच पुनः झडप


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजहरूबीच पुनः झडप भएको छ । पालावान प्रान्तको किनार नजिकै माछा मार्ने डुङ्गाहरूलाई इन्धन आपूर्ति गर्न गएको फिलिपिन्स सरकारको माछापालन तथा जलचर स्रोत विभाग (बीएफएआर) को जहाजलाई चिनियाँ कोस्ट गार्डको जहाजले जानाजानी ठक्कर दिएको मनिलाले आरोप लगाएको छ ।

फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता जे टारेलाका अनुसार चिनियाँ जहाजले करिब १० मिटरको दूरीबाट फिलिपिन्सको जहाजको बाटो काट्नुका साथै करिब १० मिनेटपछि पुनस् खतरनाक म्यान्युभर गर्दै ठक्कर दिएको थियो । यस दुर्घटनामा मानवीय क्षति नभए पनि फिलिपिन्सको जहाजको एक तर्फको भागमा गम्भीर क्षति पुगेको छ र डेकभरि भग्नावशेष फैलिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भने उक्त आरोपलाई खारेज गर्दै फिलिपिन्सको जहाजले चेतावनीलाई बेवास्ता गरी जानाजानी आफ्नो दिशा परिवर्तन गरेको र चिनियाँ जहाजको अगाडि अचानक गति बढाएको दाबी गरेको छ।

सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले पछिल्लो समय यस्ता आक्रामक गतिविधिहरू बढाउँदै आएको छ। यसअघि जुलाई महिनामा पनि स्काबोरो शोल नजिकै चिनियाँ पक्षले वाटर क्यानन प्रहार गर्नुका साथै फिलिपिन्सका नौसेना कर्मचारीलाई काठको लौरेले आक्रमण गरेको मनिलाले जनाएको थियो। अमेरिकाले बेइजिङको यस किसिमको सैन्य गतिविधूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ भने फिलिपिन्सले आफ्नो समुद्री क्षेत्रको रक्षाका लागि कडा अडान लिँदै आएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : २८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का